स्वास्थ्य/जीवनशैली

दही खाँदा कसलाई फाइदा, कसलाई बेफाइदा ?

काठमाडौं, ११ फागुन — दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासायनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ । 

तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् । 

एलर्जी

जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । 

तत्कालै नसुत्नुस्

दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ । 

राति नखानुस्

राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् । 

अमिलो दही नखानुस्

दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ । 

नतताउनुस्

दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् । 

दमको रोगीले नखानुस्

तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ । 

मासुसँग नखानुस्

मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :

कम इम्युनिटी

रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ । 

मोटोपन

मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । 

मधुमेह

मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

२०७४ फाल्गुण १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत