समाचार

कृषि क्याम्पस रामपुरमा अख्तियारको छापा

चितवन, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कृषि क्याम्पस रामपुरमा छापा हानेको छ । 
केहि पहिले प्राध्यापकसहित विभिन्न पदहरुका लागि खुलाइएको करार विज्ञापनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले  शुक्रबार छापा हानेको हो ।  

उजुरी पश्चात केन्द्रको समन्वयमा  क्षेत्रीय कार्यालय हेटौडाबाट गएको टोलीले शुक्रबार छापा हानी आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । 

प्राधायकलगायत विभिन्न  पदमा आफन्तलाई  नियुक्त गर्ने  हिसावले करारको विज्ञापन निकालेर अनियमितताको प्रयास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । 

२०७४ फाल्गुण ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत