तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा
बिजनेस

तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

११ फागुन, काठमाडौं । तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिए ।

“तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेका छौँ,”– उनले भने ।

यस्तै, विभागले कुनैकुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले बताए । सरकारले तराई मधेश खा

२०७४ फाल्गुण ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत