पत्रपत्रिकाबाट

किन थन्किए निगमका जहाज ?

काठमाडौँ, १० फागुन - चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् । 

निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् ।

जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन्, कान्तिपुरमा खबर छ ।

२०७४ फाल्गुण ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत