समाचार

काठमाडौंमा केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं, फागुन ९ -म‌गलबार राति काठमाडौं केन्द्र भएर भूकम्प गएको छ। राति २ बजेर २३ मिनेटमा ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्काले राति सुतिरहेका काठमाडौंवासी ब्युझिएका थिए। २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि ४ रेक्टर माथिका ४ सय ८९ वटा पराकम्प गइसकेको छ।

२०७४ फाल्गुण ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत