हलिउड

अवतारको दोस्रो संस्करणको रिलिज मिति सार्वजनिक

काठमाडौँ, वैशाख १० – जेम्स क्यामरुनले सुपरहिट चलचित्र अवतारको आगामी चार संस्करणको रिलिज मिति सार्वजनिक भएको छ ।

यसको दोस्रो संस्करण सन् २०२० मा आउने भएको हो ।

चलचित्रको फेसबुक पेजमा क्यामरुन सहित चलचित्रका सदस्यहरुको तस्विर सार्वजनिक गर्दै चारवटा संस्करणको तयारी भइरहेको जानकारी दिइएको छ ।

दोस्रो संस्करण अवतार २ डिसेम्बर १८ मा रिलिज हुनेछ भने अवतार ३ एक वर्ष पछि डिसेम्बर १७, २०२१ मा आउनेछ ।

त्यसपछि तीन वर्षको अन्तरालमा डिसेम्बर २०, २०२४ मा अवतार ४ रिलिज गरिने छ भने अवतार ५ डिसेम्बर १९, २०२५ मा रिलिज गरिनेछ ।

अवतार २ सन् २०१८ मा आउने भनिएपनि क्यामरुनले यो सम्भव नभएको बताए ।

सन् २००९ मा रिलिज भएको चलचित्रले २.७ अर्ब डलर कमाएको थियो ।

२०७४ बैशाख १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत