नेपालले क्यानडालाई हरायो, अब वान डे विश्वकप छनोट खेल्न पाउने
खेलकुद

नेपालले क्यानडालाई हरायो, अब वान डे विश्वकप छनोट खेल्न पाउने

काठमाडौँ, २ फागुन- नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । 

 नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । 

क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा पुरा गर्यो । 
 

जीतसँगै  नेपालले डिभिजन एकमा स्थान पक्का गर्दै  वान डे विश्वकप छनोट खेल्न पाउने भएको छ । 
नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४२ रनको योगदान दिए । 
यस्तै दीलिप नाथले ४१ रनको योगदान दिए भने  आरके पौडेलले २७,  आरिफ शेखले २६ तथा  दीपेन्द्र सिंह ऐरीले १८ रनको योगदान दिए ।  आजको खेलमा कप्तान पारस खड्कासहितको अन्य ब्याट्सम्यान भने चल्न सकेनन्। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । 

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । 
१५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए । 

त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए । 

प्रतियोगिताको पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो | यस्तै  तेस्रो खेलमा युएईलाई हराएको थियो । 

२०७४ फाल्गुण २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत