राजनीति

एमाले र माओवादी बिच एकता को लागी ७ बुदें सहमती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एमालेबीचको पार्टी एकता लगभग अन्तिम चरणमा पुगेको बुझिएको छ ।एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा भएका वार्ता र छलफलबाट पार्टी एकताको मोडालिटीमा सहमति भएको हो । ओली र प्रचण्डबीच वार्ता सकिए लगत्तै दुवै पार्टीले आ–आफ्ना शीर्ष नेतृत्व तहमा छलफल गरेको बुझिएको छ ,अहिले पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । जारी संयोजन समितिको बैठकमा दुई अध्यक्षबीच भएका सहमतिमा गहन छलफल भइरहेको जानकारी प्राप्त भएको छ । बैठकले एकताको अन्तिम खाका तयार पार्ने बताइएको छ ।

स्रोत अनुसार माओवादी र एमालेको पार्टी एकतामा संम्भावित सहमति
१ एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समान हैसियतमा हुने । प्रचण्डले अध्यक्षको हैसियतले पार्टीको नेतृत्व गर्ने छन भने ओली अध्यक्षको हैसियतले प्रधानमन्त्री बन्नेछन् ।
२ अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने
३ एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने
४ एकीकृत पार्टीका राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद रहने
५ एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
६ दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।
७ राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।
यी बुँदाहरुमा सहमती भएको बुझिएको छ

२०७४ फाल्गुण २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत