ओलीलाई प्रधानमन्त्री बनाउने एमाले निर्णय
राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउने एमाले निर्णय

‘ओली–प्रचण्डबीच अध्यक्ष–प्रधानमन्त्री आलोपालो’

काठमाडौं फागुन २- एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ।

आज बसेको एमाले स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

अध्यक्ष ओलीकै नेतृत्वमा चुनावमा गएपछि यसअघि एमालेले प्रधानमन्त्रीका विषयमा आधिकारिक निर्णय गरेको थिएन।

बैठक मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको निवासमा भएको थियो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रसँगको एकतामा प्रधानमन्त्री र अध्यक्ष आलोपालो गर्ने सहमति भएको जानकारी दिए।

पाण्डेले भने, ‘अरु विषय चाहिँ टुङ्गिन बाँकी छ।’

 

२०७४ फाल्गुण २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत