मन्त्री बनाउने विषयमा राजपामा विवाद
पत्रपत्रिकाबाट

मन्त्री बनाउने विषयमा राजपामा विवाद

काठमाडौँ, २ फागुन - राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ । उक्त प्रदेशमा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछ । 

फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । फागुन ३ गते उनको शपथग्रहण समारोह छ । तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क र अर्को समानुपातिकलाई पनि बनाउनुपर्ने तर्कका कारण अध्यक्ष मण्डलबीच क-कसलाई मन्त्री बनाउने विषयमा सहमति जुट्न सकेको छैन ।

पार्टी स्रोतले भन्यो-‘सोमबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पहिलो चरणको मन्त्रीमण्डल गठनमा राजपाबाट प्रतिनिधित्व हुने सम्भावना कम छ ।’फोरम र राजपाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने सहमति गरेका छन्, कान्तिपुरमा खबर छ  ।

२०७४ फाल्गुण १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत