राजनीति

ओली नजाने भए पेरिसडाँडा

काठमाडौं, फागुन १ , नेकपा (मओवादी केन्द्र) ले जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रम आयोजना गरी जनयुद्ध दिवश मनाउदैछ । उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाइ पनि निम्ता गरिएकाेमा उनी उपस्थित नहुने भएका छन् ।

पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ को अवसरमा गर्न लागेको उक्त कार्यक्रममा ओली र प्रचण्डले सामूहिक रुपमा सम्बोधन गर्नेगरि यसअघि नै कार्यक्रम सार्वजनिक गरेकाे थियाे । तरओली उपस्थित हुन नसक्ने भन्दै उपाध्यक्ष वामदेव गौत्तमलाइ पठाउने जानकारी दिएका वाइसिएलले जनाएकाे छ ।

२०७४ माघ २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत