जनयूद्ध दिवशको पूर्व सन्द्यामा बाम एकताको चर्चा र विभिन्न चिराम विभाजित माओवादी आंदोलन ( भिडियो)
समाचार

जनयूद्ध दिवशको पूर्व सन्द्यामा बाम एकताको चर्चा र विभिन्न चिराम विभाजित माओवादी आंदोलन ( भिडियो)

सत्ता बन्दुको नाल बाट प्राप्त हुन्छ भन्ने मओसेतुङको बिचार बाट प्रभावित भएर तत्कालीन माओवादीले रुकुमको राडी प्रहरी चौकी,रोल्पाको होलेरी प्रहरी चौकी,सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित नेपाल बैंकको शाखामा २०५२ साल फागुन १गते एकै दिन आक्रमण गरेर जनयूद्धको थालनी गरेको थियो ।

जनयूद्ध क्रममा हजारौले ज्यानको बलीदान गरे,हजारौ अझ वेपत्ता छन् ,लाखौ अपाङ् भए तथा लाखौ विस्थापीत भए ।

२०६२-६३ को जनआन्दोलन पश्चात ६३ साल मंसिर ५गते तत्कालीन प्रधानमन्त्रि गिरीजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौता मा हस्ताक्षर गरेपछी जनयूद्ध औपचारिक रूपमानै समाप्त भएको घोषणा गरियो जनमुक्तिसेना लाइ क्यान्टोन्मेन्टमा राखियो र पछि केहि सेनामा समायोजन गरियो र धेरै घर फर्किए।

तर पनि जनयूद्धको अवशेष अझ बंकिनै रहेको जानकारहरु बताउद छन् ,जसको उदाहरणको रुपमा बालकृष्ण ढुङ्गेलको गिरफ्तारी लाइ लिने गर्दछन् ,

यस घटनालाइ माओवादीहरुले शान्ति सम्झौताको उलङ्घनको रुपमा लिइरहेका छन् बालकृष्ण ढुङ्लेको गिरफ्तारिबाट आक्रोसित माओवादीहरु मेलमिलाप आयोगले टुङ्ग्याउनु पर्ने मुद्दा सर्वच्चअदालतले हस्तक्षेप गर्यो भन्ने आरोप लगाइरहेका छन् ।

जनयूद्ध दिवसको पूर्व सन्द्यामा हिजो संगै यूद्ध लडेका माओवादीहरु विभिन्न चिरामा विभाजित छन् ,र परिस्थिती पनि पानि बाराबारको जस्तो छ एउटै मन्चमा बस्न सक्ने वातावरण छैन।

जानकारहरु भन्दछन् जनयूद्धलेनै गर्दा आज देशमा गणतन्त्र,समावेसिता,संविधान सभाबाट संविधान जस्ता उपलव्धिहरु प्राप्त भएका छन् ,यदि जनयूद्धहुदैन थियो भने यि उपलव्धिहरु प्राप्त हुदैन थियो भन्ने जानकारहरु बताउदछन्।

माओवादी र सात दल बिच १२ बुंदे सम्झौता हुदैन थियो भने यि प्रगतिशिल उपलव्धि नेपालम प्राप्त हुदैन थियो यसको जस जनयूद्धलाइनै जान्छ, तर हिजो जुन संसदिय व्यवस्था विरुद्द धावा बोलेका माओवादीहरु आज त्यसै व्यवस्ताका खेलाडी भएका छन्,जानकारहरु भन्दछन् हिजो सर्वहार वर्गको हितको लागि जनयुद्ध लडेका माओवादीनेताहरु आज आएर नाता गोता ,भाइभारदार ,आसेपासेलाइ लाभको पद वाट्डै र संसदिय फाहोरि खेलमा रमाउने जस्ता गम्भिर प्रकारका गल्तिहरु गरिरहेका छन् ।

बाम एकताको चर्चा चलिरहदां एमाले अध्यक्ष के.पी ओलीले जनयूद्ध एउटा भूल थियो भन्ने आफ्नो कुरा स्पस्ट सित राखिसकेको सन्दर्भमा अब माओवादी अध्यक्ष प्रचण्डले कसरि डिल गर्नु हुन्छ भन्ने अहिले आम माओवादी समर्थकमा प्रश्न र चिन्ता देखिएको छ।

भोली एमाले सित पार्टी एकता हुदां एमालेले जनयूद्ध स्विकार्छ कि स्विकार्दैन र पार्टि विधानम जनयूद्ध लेखिन्छकि लेखिदैन भन्ने कुराको आस्वस्तता खोजिरहेका छन् ।
- साझा खवरको लागि राजिव सुवेदी

 

२०७४ माघ २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत