पत्रपत्रिकाबाट

के भन्छन् पार्टी एकताबारे एमाले र माओवादी नेता ?

माघ २९,काठमाडौं - पार्टी एकताको सन्दर्भमा एमाले नेता प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता जनार्दन शर्माको भनाइ आजको नयाँ पत्रिकामा छापिएको छ ।

'छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । दुवै पार्टीका नेताको अधिकतम व्यवस्थापन कसरी गर्नेबारे छलफल हुन्छ, तर पदीय बाँडफाँडकै कारण एकतामा अनावश्यक विलम्ब हुँदैन । सरकार गठनअघि पार्टी एकताको राजनीतिक खाका बन्छ, फागुनभित्र पार्टी एकता सम्पन्न हुन्छ ।' -प्रदीप ज्ञवाली 

'मुख्य दुई नेताबीचको छलफल अब छिटै निष्कर्षमा पुग्दै छ । अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई मैले देशको आवश्यकतामा फड्को मार्ने एउटा स्पिरिटका रूपमा बुझेको छु । उहाँको अभिव्यक्ति एकताविरोधी होइन किनभने उहाँ एकताका पक्षमा दृढ हुनुहुन्छ ।' -जनार्दन शर्मा 

दुवै नेता एकता गर्नकै लागि दृढ हुनुभएकाले छिटै एउटा निचोडमा पुग्नुहुनेछ । कुराकानी हुँदा नेतृत्व, विचार, संगठनलगायत सबै विषयमा छलफल हुन्छ । तर, सानो कुरामा विभिन्न खाले समाचार बन्ने वातावरण रहे पनि दुई अध्यक्षबीचको छलफल धेरै सकारात्मक छ ।

२०७४ माघ २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत