ग्लोबल

साउदी अरबमा पनि अब महिलालाई ‘नो बुर्का’

काठमाडौँ । साउदी महिलाका लागि सार्वजनिक स्थानमा अबया (सार्वजनिक स्थानमा निस्कदां शरीर ढाक्ने खुकुलो लामो कपडा) को प्रयोग अनिवार्य हुन नहुने एक उच्च धार्मिक नेता भने । 

‘उच्च विज्ञहरुको परिषद’का एक सदस्य रहेका शेख अब्दुलाह अल–मुतलकले महिलाले शिष्ट कपडा लगाउनुपर्छ भन्नुको मतलब ‘अबया’ अनिवार्य लगाउनु पर्छ भन्ने नरहेको जनाएका छन् ।
हाल साउदी महिलाहरुले सो पहिरन अनिवार्य लगाउनुपर्ने कानुनमै उल्लेख रहेको छ । 

उच्च धार्मिक नेताको यो हस्तक्षेप साउदी समाजको आधुनिकिकरण र महिलामाथिको नियन्त्रण खुकुलो पार्ने दिशामा एक पछि अर्को कदमहरु चलिरहदा आएको छ ।

“मुस्लिम विश्वमा रहने ९०% सदाचार मुस्लिम महिलाहरु अबया पहिरिदैनन् । हामीले हाम्रो देशमा मात्र यसो गर्न बाध्य बनाउनु उपयुक्त होइन,” शेख मुतलकले शुक्रबार भने ।

धार्मिक नेताबाट यो खालको धारणा आएको यो पहिलो पटक हो । साउदी अरब ‘साउद परिवार’ र ‘वाहवी धार्मिक परिवार’को गठबन्धनमा चल्नेगर्छ । त्यहाँ कानुन बनाउने अधिकार धार्मिक परिषदको भएकाले उच्च धार्मिक नेताको भनाईले यस सम्बन्धमा कानुन बदलिने संकेत गर्छ । 

यसप्रति प्रतिक्रृया के रह्यो ?
शेख मुतलकको हस्तक्षेपले अनलाइनमा अत्यधिक प्रतित्रृmया श्रृजना गरेको छ । मान्छेहरुले यसको पक्ष र विपक्षमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

“अबया हाम्रो क्षेत्रको परम्पराको सबाल हो र यो सबैमा लागु हुन्छ । यो धर्मको मुद्दा होइन ।” मशरी घम्डीले ट्वीटरमा लेखेका छन् । 

“सय फतवा जारी भए पनि म मेरो अबया छाड्ने छैन । त्यसो हुन मलाई मार्नुपर्छ । केटीहरु, फतवालाई नसुन...”@kooshe90 ले ट्वीटरमा लेखेकी छन् । 

नाता नलाग्ने पुरुषहरुको उपस्थिती हुने ठाँउमा अबया नलगाउने महिलाहरुलाई कोर्रा हानेर सजाय दिइन्छ ।

रोयटर समचार एजेन्सीको रिपोर्ट अनुसार सन् २०१६ मा एक साउदी महिलाले रियादको मुख्य सडकमा अबया खोलेपछि पक्राऊ परेकी थिइन । 

तथापी हालसालै साउदी महिलाहरुले परम्परागत कालो रङ्ग छाडेर रङ्गीविरङ्गी अबया लगाउन थालेका छन् । साथै जिन्स वा लामो स्कर्ट देखिने गरेर माथिको भागमा मात्र अबया लगाउने चलन पनि बढेको रोयर्टस्ले जनायो ।

पृष्ठभूमि
 

शेख मुतलकको भनाई युवराज सलमान विन सलमान नेतृत्वमा चलिरहेको साउदी समाज सुधार अभियानको क्रममा आएको छ । युवराजले ‘भिजन २०३०’ कार्यक्रममार्फत देशमा सुधारको प्रण गरेका छन् ।

यो क्रार्यक्रम साउदी महिलाहरुलाई बढी स्वतन्त्रता दिनेमा केन्द्रित रहेको छ । साउदीमा महिलाहरुलाई समाजमा घुलमिल हुन नदिन कडा बन्देजहरु रहेका छन् । 

सेप्टेम्बर २०१७ मा महिलाहरुले गाडि चलाउन रहेको बन्देज हटाइएको थियो ।

सोही महिना महिलाहरुलाई पहिलो पटक साउदी अरेवियाको राष्ट्रिय दिवसमा सहभागी हुन अनुमति दिइएको थियो । यही वर्षको शुरुमा केही शहरहरुमा महिलाहरुलाई फुटबल हेर्न रङ्गशालामा प्रवेशको अनुमति दिइएको थियो ।

अघिल्लो वर्ष साउदी अरेवियाले तीन दशकदेखि व्यापारिक चलचित्रहरुमा लगाएको बन्देज हटायो । यहि वर्षको मार्चमा देशमा सिनेमाघर खुल्दैछ ।

साथै डिसेम्बरमा महिलाहरुलाई यो देशमा भएको पहिलो महिला गायिकाको कन्सर्टमा उपस्थिति जनाउन दिइएको थियो । सो क्रार्यक्रममा हजारौं महिला सहभागी भएका थिए ।

अझै साउदी महिलामाथि रहेका बन्देजहरु

पुरुषको अनुमति विना अझै साउदी महिलाहरु थुप्रै काम गर्न सक्दैनन् । त्यसमध्य प्रमुख काम यस प्रकार रहेका छन्
-   पासपोर्टको निवेदन दिने 
-  विदेश भ्रमण
-   विवाह 
-   व्याङ्क खाता खोल्ने
-   केही निश्चित व्यापार गर्ने
-   कारागारको समय पुरा गरे पछि पनि पुरुष नातेदार लिन आएपछि मात्र महिलालाई कारागारबाट छाडिन्छ

यी नियन्त्रणहरु साउदी अरेबियाको शासन प्रणालीको शुरुवाति व्यवस्थापन अन्तर्गत पर्छ । यो १९३० को दशकमा देश स्थापना हुँदा शासनव्यवस्था साउद परिवारले हेर्ने र कानुन वाहव परिवारको जिम्मामा रहने सहमति भएको थियो । वहावहरु इस्लामको अत्यन्त रुढीवादी सस्करणलाई आफ्नो कानुनको आधार बनाइरहेका छन् ।

त्यहा महिलाहरु सार्वजनिक स्थानमा निस्कदा अभिभावक अनिवार्य हुनुपर्ने कानुन रहेको छ । यस कानुन अनुसार प्रत्यक महिला सार्वजनिक स्थानमा रहदाँ एक नाता पर्ने पुरुष अनिवार्य साथ हुनुपर्नेछ । र ति पुरुषहरुले महिलाको प्रतिनिधीको रुपमा आवश्यक काम गरिदिनेछन् ।

यो कानुनले लैङ्गिक हिसाबले साउदी अरबमा मध्यपूर्वकै सबैभन्दा ठूलो असमानताको अवस्था निर्माण गरेको छ ।

२०७४ माघ २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत