देश

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

विराटनगर, माघ २८ - मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

पथरीशनिश्चरे–९ स्थित श्याम चोकमा बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। 

घटनापछि लिम्बू फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन।

यस्तै मोरङको रंगेली नगरपालिकामा पैनीमा डुब्दा एक महिलाको मृत्यु भएको छ। रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर स्थानीय ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत