डिभिजन टू : नेपाललार्इ अाजकाे खेल जित्नै पर्ने दवाव
खेलकुद

डिभिजन टू : नेपाललार्इ अाजकाे खेल जित्नै पर्ने दवाव

काठमाडौं,माघ २८ – विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आइतबार युएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १:३० बजेपछि नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु हुनेछ ।

अघिल्ला दुई मध्ये एक खेल मात्र जितेको नेपाललाई प्रतियोगिताका शिर्ष २ मा रहन आइतबारको खेल जित्नुपर्ने दवाव छ ।

यस प्रतियोगितामा नेपाल र युएईले २-२ खेल खेलिसकेका छन् जसमा दुवैले १ जित र १ हारको नतिजा निकालेका छन्। नेपालले पहिलो खेलमा नामिबिया १ विकेटले पराजित गरेको थियो भने युएईले केन्यालाई २१८ रनको विशाल अन्तरले हराएको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले हार्यो भने युएई क्यानडासँग २३ रनले पराजित भयो।

यस प्रतितोगीतामा क्यानाडाले २ खेलमा दुवै जित निकालेको छ र प्रतियोगिताको प्रबल दाबेदारी प्रस्तुत गरिरहेको छ । जुन नेपालको टाउको दुखाईको कुरा हो । उता नेपालले भने दुवै खेलमा कमजोर ब्याटिङ्ग प्रदर्शन गरिरहेको छ जसले गर्दा आउने खेलमा बलियो प्रतिस्पर्धीलाइ पाखा लगाउन फलामको चिउरा चपाउनु सरह देखिन्छ। आजको खेल जितेको खण्डमा नेपालले शिर्ष २ को बाटो तय गर्न सजिलो हुनेछ किन भने बाँकी खेलमा यस प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको केन्यालाई हराउन त्यति धेरै चुनौती हुने छैन जति क्यानाडा र युएईलाई हराउन कठिन छ ।

नेपाल र युएई १२ पटक भेटेका छन् जस मध्ये नेपालले जम्मा २ खेल जितेको छ भने ९ खेलमा पराजित भएको छ भने १ खेल टाई भएको छ र यो इतिहासले नेपाल युएई बिरुद्द कमजोर देखिन्छ तर खेल इतिहासमा भन्दा खेलको दिनमा खेलिने खेलमा भर पर्छ ।

यी दुई टिमले दुई महिना अघि मात्र आइ।सि।सि। वल्ड क्रिकेट लिग च्याम्पियनसिप ९डब्लुसिएल० भिडेका थिए। युएईमै भएको होम एण्ड अवे डब्लुसिएल च्याम्पियनसिपको अन्तिम चरणको उक्त दुवै खेल युएईले जितेको थियो। नेपाल पहिलो खेलमा ७ विकेट तथा दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो।  नेपालले युएईलाई ५० ओभरको खेलमा पराजित सन् २०१४ यता पराजित गर्न सकेको छैन। नेपालले एसीसी प्रिमियर लिग-२०१४ मा युएईलाई ४ विकेटले पराजित गरेको थियो तर सन् २०१४ मै भएको वान डे वर्ल्ड कप क्वालिफायरमा नेपाल १०२ रनले पराजित भएको थियो।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत