दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी
पत्रपत्रिकाबाट

दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी

माघ २८, दैलेख - दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् ।

तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

घरमा अभिभावकले दलितले पकाएको खाए दाँत झर्छ भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको शिक्षकहरु बताउँछन् ।

बिहीबार मध्याह्न १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्साकोठामा ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत