भूकम्प पीडितको छाप्रोमा आगलागी हुँदा तीन बालिकाको मृत्यु
देश

भूकम्प पीडितको छाप्रोमा आगलागी हुँदा तीन बालिकाको मृत्यु

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका—५ सिस्नेरीस्थित भूकम्पपीडितको छाप्रोमा आगलागी हुँदा एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर मोक्तानकी ७ वर्षीया छोरी रिप्हुला मोक्तान तथा वर्षीया छोरी मंगलीमाया मोक्तान छन्।

आगलागीमा परी तथा धनबहादुर मोक्तानकी ६ वर्षीया छोरी अस्मिता मोक्तानको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। अभिभावक नभएको बेला छाप्रोमा आगो लागेको थियो।

छाप्रोमा आगो सल्किँदा भित्र रहेका बालबालिकाहरु ढोका लगाएर बसेका कारण मृत्यु हुन पुगेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कालिकास्थानको प्रहरी टोलीले जानकारी गराएको छ। प्रहरीकाअनुसार अागाे नियन्त्रणमा अाइसकेकाे छ।

आगलागी के कारणले भएको भन्ने खुल्न सकेको छैन। आगलागीबाट छाप्रोमा राखेको अन्नपात, भाँडाकुँडा तथा लत्ताकपडा जलेर नष्ट भएको छ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत