किम जोङ उनको बहिनी दक्षिण कोरियामा
खेलकुद

किम जोङ उनको बहिनी दक्षिण कोरियामा

 माघ २७-उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको बहिनी किम यो जोङ शुक्रबार दक्षिण कोरिया पुगेकी छन् । उनी शीतकालीन ओलम्पिकमा भाग लिन शुक्रबार दक्षिण कोरियाको प्योङयाङ पुगेका हुन् ।


यो सँगै सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धपछि दक्षिण कोरिया पुग्ने उत्तर कोरियाली शासक परिवारकी पहिलो सदस्य हुन् ।

उद्घाटन समारोहमा किम र उत्तर कोरियाली राष्ट्रप्रमुख किम योङ नाम अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगै बसेका थिए ।

दक्षिण कोरियाली समाचार संस्था योनेपले सार्वजनिक गरेको तस्बिरमा उनीहरू तीनैजना सँगसँगै बसेको देखिन्छ। उनी कोरियन युद्धपछि दक्षिण कोरिया भ्रमण गर्ने पहिलो उत्तर कोरियाली शासक परिवारकी सदस्य हुन्।

किम उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन समितिका अध्यक्ष चो ही, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वानसहित दक्षिण कोरिया पुगेकी हुन्।

बिबिसीले किमको भ्रमणलाई लिएर किम जोङ–उन दक्षिण कोरियासँग सम्बन्ध सुधारको चाहना राखेको उल्लेख गरेको छ । बीबीसीका दक्षिण कोरिया संवाददाता लाउरा विकरले किमले दक्षिण कोरियाली नेतृत्वसमक्ष आफ्नो दाजुको महत्त्वपूर्ण सन्देश ल्याएको हुन सक्ने उल्लेख गरेकी छन्।

यद्यपि विश्लेषकहरुले यसैले मात्र दुई देशबीचको सम्बन्ध सुधार हुनेमा सन्देह व्यक्त गरेका छन् ।

ओलम्पिकको उद्घाटनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले रात्रिभोजको आयोजना गरेका थिए। टेलिभिजनमा प्रसारित दृश्यमापेन्स र किम आमने–सामने बस्ने व्यवस्थामिलाइएको देखिन्थ्यो। दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसका प्रवक्ताका अनुसार रात्रिभोजमा केही समय ढिला आइपुगेका पेन्स टेबलमा बसिरहेकाहरूसँग सामान्य शिष्टाचार अभिवादनपछि कुर्सीमा नबसी बाहिरिएका थिए।

यसअघि पेन्सले ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीसँगै रात्रिभोजमा सरिक हुने बताएका थिए। तर त्यसअनुसार बस्ने व्यवस्था नभएका कारण करिब ५ मिनेटमै पेन्स उक्त स्थानबाट बाहिरिएका थिए। दक्षिण कोरियाली समाचार संस्था योनेपका अनुसार मुन र किमले भने अभिवादनसहित हात मिलाएका थिए।

लगातारको क्षेप्यास्त्र परीक्षण र परमाणुकार्यक्रममा कारण उत्तर कोरियामाथि संयुक्तराष्ट्रसंघ, युरोपेली संघ, अमेरिकालगायतका अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी लगाउँदैआएका छन्।

शीतकालीन ओलम्पिकको शुक्रबारको उद्घाटनमा भने दुवै कोरियाले एउटै झण्डामुनि ‘मार्चपास’ गरेका छन्। ओलम्पिकमा भाग लिन बुधबार ४ सय उत्तर कोरियाली खेलाडी तथा समर्थक दक्षिण कोरिया पुगेका थिए।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत