बिजनेस

चमेलियाबाट विद्युत उत्पादन शुरु

दार्चुला, माघ २७-चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा विजुलीको उत्पादन शुरु भएको छ ।

सरकारी लगानीमा निर्माण भएको चमेलियाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
दर्चुलामा रहेको चमेलिया आयोजनाको विद्युत उत्पादन क्षमता ३० मेगावाट रहेको छ ।

दुई युनिटको सफल परीक्षण भएपछि शनिबारबाट आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको हो । शैल्यशिखर नगरपालिका १ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुस २८ गतेबाट नै १५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकिएको छ । अर्धजलासययुक्त आयोजना चमेलियाबाट दैनिक ६ घण्टा पूर्ण रुपमा विजुली उत्पादन हुन्छ ।

सन् २००८ बाट निर्माण शुरु भएको आयोजनाले निर्माण सम्पन्न गर्ने समझौता भन्दै झण्डै ६ वर्षपछि विद्युत उत्पान थालेको हो ।

८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष लिइएको चमेलिया समपन्न गर्दा भने १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत