राजनीति

कम मुल्यमा सरकारी स्वामित्वको जग्गा सांसदलाई दिनु भ्रष्टाचार होः विवेकशील साझा

काठमाडौं, माघ २७ – हेटौंडा उपमहानगरपालिकाले प्रदेश नं. ३ का सांसदलाई सरकारी दरमै दिने घडेरी विवेकशील साझा पार्टीका सांसदले नलिने घोषणा गरेका छन् ।

साथै उनीहरुले प्रचलित बजार मूल्यभन्दा निकै कम मुल्यमा सरकारी स्वामित्वको जग्गा सांसदलाई दिनु भ्रष्टाचार भएको दावी गरेका छ।

विवेकशील साझा पार्टीका प्रदेश ३ का संसदीय दलका नेता रमेश पौड्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै जग्गाको विषयमा विरोध गरेका हुन् ।

प्रदेश ३ मा विवेकशील साझाका तीन जना सांसद छन् । विवेकशील साझा पार्टीले चुनावी अभियानमा पनि सुशासन र पारदर्शीतका कुरामा आफ्नो पार्टीले जोड दिने बताउँदै आएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले शुक्रबार प्रदेश नं. ३ का प्रदेश सांसदलाई ५ वर्षभित्र पैसा तिर्न सक्ने गरी सहुलियतमा सरकारी जग्गा घडेरीका रुपमा दिने निर्णय गरेको थियो । शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराउन लागिएको हो ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत