त्रिशुली जिप दुर्घटना अपडेटः उद्धारमा परिचालित गोताखोर दुर्घटनामा
समाचार

त्रिशुली जिप दुर्घटना अपडेटः उद्धारमा परिचालित गोताखोर दुर्घटनामा

धादिङ, माघ २७-धादिङमा भएको सरकारी जिप दुर्घटनामा हराएका खोजी गर्नका लागि परिचालित गोताखोर दुर्घटनामा परेका छन् ।

गोताखोर दुर्घटना परेपछि थप बेपत्ता खोज्ने काम अवरुद्ध भएको छ । सशस्त्र प्रहरीका हवल्दार गोताखोर तीर्थराज चपाई पानीमै बेहोस भएका थिए।
सचिवको शव झिकेपछि अर्को व्यक्तिको खोजीमा त्रिशुली नदीमा सशस्त्र प्रहरीका हवल्दार चपाई पसेका थिए ।

अक्सिजन सकिएपछि जिपभित्रै अल्झिएका चपाईलाई बेहोस अवस्थामा अर्का गोताखोर नरेन्द्रसिंह भण्डारीले उद्दार गरेका थिए।

बेहास चपाईलाई झिक्न भण्डारीले अक्सिजन सिलिण्डरलगायत सामाग्री पानीमै काटेर झिक्न परेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

दुर्घटनापछि बिहान १० बजे नै घटनास्थलमै पुगेकी मृतक सचिव यादवकी छोरी डाक्टर रञ्जना बावुकै शवनेर बसेर आफन्तजनहरुसँग घटनास्थलको परिस्थितिबारे फोनमा कुरा गर्दै थिइन्। सोही समयमा गोताखोर बेहोस भएका थिए। गोताखोर चपाइलाई प्राथमिक उपचार गरेपछि डा. रञ्जनाले थप उपचारका लागि काठमाडौं लैजान पर्ने बताएकी थिइन्।

घाइते गोताखोर चपाईलाई थप उपचारको काठमाण्डौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

२०७४ माघ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत