समाचार

सिँचाई सचिव चढेको गाडी त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता

धादिङ, माघ २७-सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा सचिव यादव, उनका छोरा सन्तोष यादब र नाम नखुलेकी एक किशोरी रहेका छन् ।

कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको यादव चढेको सरकारी गाडी धादिङको सलाङघाटमा दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएको छ ।

चालक निरन्जन यादवको घाइते अवस्थामा उद्दार गरी उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ ।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङघाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। जिप खसेको स्थान निकै गहिरो छ। नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

उद्दारकार्य जारी रहेको छ ।

२०७४ माघ २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत