अमेरीकामा मुस्लिम माथी दिर्घकालिन निगरानी
ग्लोबल

अमेरीकामा मुस्लिम माथी दिर्घकालिन निगरानी

सीबीपीले अमेरीकामा आउने मुस्लिम पुरुषमाथी निगरानी बढाउनु पर्ने रिपोर्ट पेश

अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा सम्बन्धि एउटा रिपोर्टको ड्राफ्टमा अमेरिकामा आउने मुस्लिम पुरुषहरुमाथि दीर्घकालिन निगरानी राख्न प्रस्ताव गरिएको छ । सार्वजनिक भएको रिपोर्टको ड्राफ्ट आधिकारिक रहेको युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन अफिसर सीबीपीका अधिकारीले स्वीकारेका छन् ।

तर रिपोर्ट प्रारम्भिक रहेको र त्यसमा फेरबदल अधिकारीले बताएका छन् । कस्तो फेरबदल भन्नेबारे केही खुलाईएको छैन । रिपोर्टमा सन् २००१ देखि सन् २०१७ को डिसेम्बरसम्म अमेरिकामा भएका २५ वटा आतंकबादी हमलाको विश्लेषण गर्दै सुन्नी मुस्लिम बाहुल्य क्षेत्रबाट अमेरिकामा आउने आप्रवासी पुरुषमाथि दीर्घकालिन निगरानी बढाउन सुझाव दिइएको छ ।

उक्त रिपोर्ट युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन अफिसर सीबीपीका कमिश्नर केभिन म्याकअलिननको अनुरोधमा जनवरी २२ मा तयार पारिएको हो । रिपोर्टमा मध्यपूर्व, साउथ एसिया र अफ्रिकाका जवान सुन्नी मुस्लिमहरु सम्भावित आतंकबादी कृयाकलापका लागि जोखिमपूर्ण रहेको इंकित गरिएको छ ।

चार आतंकबादी गतिविधिमध्ये तीन आप्रवासीले गराएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र जस्टिस डिपार्टमेन्टको विवादित अध्ययन प्रतिवेदन सार्वजनिक भए लगत्तै यो नयाँ रिपोर्टको ड्राफ्ट फेला परेको हो । यो रिपोर्ट फरेन पोलिसीमार्फत प्राप्त भएको हो ।

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत