राजनीति

माओवादी सरकारमा नजाने सम्भावना

 प्रचण्ड र ओली बिच बार्ता ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रि दूवैमा दावी

काठमाण्डै - माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष के.पी ओली बिच गोप्य भेटघाट भएको एक स्रोतले बताएको छ । भेटमा नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको छ ।

स्थानसमेत गोप्य राखिएको सो भेटमा एमाले अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना व्यक्त गरेको स्रोतले बतायो । स्रोतका अनुसार ओलीको सो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड असहमत भएको बुझिएको छ ।

ओली प्रधानमन्त्री बन्दा पार्टीको अध्यक्ष माओवादीले पाउनुपर्ने माओवादी पार्टीके अडान रहेको छ । प्रचण्डले नयाँ सरकार गठन अगावै पार्टी एकता नभए सरकारमा सहभागी नहुने स्पष्ट पारेको स्रोतले जानकारी दियो । प्रचण्डले पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका बुझिएको छ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने हो कि भन्ने आशंका उत्पन्न भइरहेका बेला ओली र प्रचण्ड वार्ता भएको हो ।

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत