खेलकुद

सन्दिप, सोमपालको उत्कृष्ट बलिङ्ग, नेपाललाई १ सय ३९ रनको लक्ष्य

युवा लेग स्पिनर सन्दिप लामिछानेले ४ र तिब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै तीन विकेट लिएपछि नेपालले विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो पहिलो खेलमा नामिबियालाई १ सय ३८ रनमै समेटेको छ । 

टस जिति पहिलो फिल्डिङ्ग रोजेको नेपालको लागि सन्दिपले कसिलो बलिङ्ग गर्दै ८ दशमलव २ ओभरमा १८ रन मात्र खर्चिदै चार विकेट लिएपछि नामिबिया ३४ दशमलव २ ओभरमै अल आउट भयो । 

सन्दिपले आक्रमक खेलिरहेका क्रेग विलियम्स, कप्तान सारेल बर्गर, जेजे स्मिट र बर्नाड स्कोल्ट्जको महत्वपूर्ण विकेट लिएका थिए ।

सोमपालले पहिलो दुई विकेट लिदै नामिबियालाई उत्कृष्ट शुरुवात दिलाएका थिए । उनले पहिलो ओभरमै लुईस पेट्रस भान डर वेस्थुइजेनलाई बोल्ड गरेका थिए भने अर्का खतरनाक ओपनर स्टेफन बार्डलाई दिलिप नाथको हातबाट क्याच आउट गराएका छन् । 

विलियम्सले नामिमियाका लागि सर्वाधिक ४१ रन बनाए । ३४ बलको सामना गरेका उनले ८ चौका प्रहार गरेका थिए । जेपि कोट्जेसंग विलियम्सले तेश्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । 

यस्तै जान फ्रान्लिंक र जेन ग्रिनले समान २२ रन बनाए । बार्डले १६ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र शरद भेषावकरले नि एक एक विकेट हात पारेका थिए । 

२०७४ माघ २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत