राजपा र फोरम नेताका पुत्ला दहन हिन्दी बोलेकोमा जनकपुरवासी आक्रोसित
देश

राजपा र फोरम नेताका पुत्ला दहन हिन्दी बोलेकोमा जनकपुरवासी आक्रोसित

धनुषा, माघ २३ – पहिलो प्रदेशसभा बैठकमा हिन्दी भाषामा बोलेको भन्दै जनकपुरका युवाहरूले जनकपुरमा राजपा र फोरम नेताका पुत्ला जलाएका छन् । माघ २१ गते प्रदेश नम्बर २ को बसेको पहिलो प्रदेशसभा बैठमा राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।

त्यसैको विरोधमा मंगलबार जनकपुरका यूवाहरुले जानकी चोकमा मातृभाषा मैथिली, भोजपुरी ,नेपाली र अन्य मातृभाषालाई बेवास्ता गरेको भन्दै राजपा र फोरम नेताका पुत्ला जलाएका हुन् । पुत्ला दहनको बेला प्रहरी र युवाहरुबीच केहिबेर तनाव समेत भएको थियो ।

२०७४ माघ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत