समाज

प्रदेशकै ठूलो अस्पताल जुम्लामा

जुम्ला - जुम्लामा ६ प्रदेशकै सुविधासम्पन्न ठूलो अस्पताल बनेको छ । ७६ करोड रुपैयाँको लागतमा तीन सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको प्रतिष्ठानले जनाएको छ ।


कर्णालीमा चिकित्सक नबस्दा र औषधि उपचार नपाउँदा कैयौं बिरामीको अकालमा मृत्यु हुने गरेको थियो । अहिले जस्तोसुकै जटिल बिरामीको शल्यक्रिया हुन थालेपछि स्थानीय खुसी भएका छन् ।


कर्णालीका लागि ऐतिहासिक अस्पताल निर्माण भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । माघ महिनाभित्र अस्पताल हस्तान्तरण हुने र सेवा आरम्भ गर्ने प्रतिष्ठानले जनाएको छ ।

२०७४ माघ २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत