समाचार

सर्वच्चले सुमार्गीको रकम गर्यो फुकुवा

स्टायटलाइट टेलिकम प्रालीले दर्ता गराएको रिटमा अन्तरिम आदेश दिंदै सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु २ अर्ब २५ करोड निकासाका लागि बाटो खाेलिदिएको छ ।


न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले विदेशबाट ल्याएको रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो ।


आदेशमा भनिएको छ, “बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।”
अदालतले आगामी २ फागुनमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ ।


बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

२०७४ माघ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत