सिनेमा

‘डमरुको डण्डीबियो’मा यस्तो रुपमा आउँदैछन् खगेन्द्र

खगेन्द्र लामिछानेद्वारा अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

लोप हुँदै गएको खेल डण्डीबियोको कथालाई उतारिएको चलचित्र ‘डमरुको डण्डीबियो’मा खगेन्द्र डण्डीबियोको खेलाडीका रुपमा प्रस्तुत भएका छन्।

सार्वजनिक गरिएका दुईवटा पोस्टरमध्ये पहिलोमा डण्डीबियो खेलीरहेको र दोस्रो डण्डीबियो बोकेर हिँडिरहेको देखाइएको छ।

छेतन गुरुङको निर्देशन रहेको यस चलचित्रमा लामिछानेका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ, मिश्रि थापा आदिको अभिनय रहेको छ।

फिल्मको कथा नायक खगेन्द्र लामिछानेकै रहेको छ भने प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, हरी हुमागाइँको छायाँकन रहेको छ।

२०७४ माघ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत