देश

आन्दोलनकारीले तारमा आगो फालेपछि पोखरामा विजुलीको लाइन काटियो

२३ माघ , पोखरा - नगर बसको ठक्करबाट नेबि संघका नेताको मृत्युको विषयलाई लिएर पोखराको बगर क्षेत्रमा भएको आन्दोलनका कारण विद्युत् प्राधिकरणले विजुलीको लाइन काटेको छ। पृथ्वीनारायण कलेज वरपरको बगर क्षेत्रमा प्राधिकरणले विजुलीको लाइन काटेको हो।

संघका स्याङ्जा पृथ्वीनाराण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस अगाडि नगरबसले ठक्क दिँदा मृत्यु भएपछि क्याम्पस क्षेत्रमा विद्यार्थीले मंगलबार विहानदेखि प्रदर्शन सुरु गरेका थिए।

प्रदर्शनको नेतृत्व गरिरहेका कपिलदेब रानाभाट लगायत ६ जनालाई प्रहरीले गिरफ्तार गरेपछि व्यापक दमन गरिएको दावीसहित नेबिसंघले आन्दोलन चर्काएको हो। त्यसक्रममा विहानैदेखि पृथ्वी नारायण क्याम्पस गेट अगाडि प्रहरी(विद्यार्थी भिडन्त चलिरहेको छ।

आक्रोसित विद्यार्थीले हानेको सिसाले एक सुरक्षाकर्मीको निधारमा गम्भीर चोट लागेर घाइते भएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको छ। क्याम्पस आसपासका सम्पूर्ण पसल बन्द छन् भने परिस्थिति असहज भएको छ।

दोहोरो भिडन्तमा पत्रकार पत्रकार प्रकाश ढकालसमेत घाइते भएका छन्। आफू पत्रकार भएको बताउँदा बताउँदै पनि प्रहरीले ढकालमाथि लाठी चार्ज गरेको थियो।

२०७४ माघ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत