सिनेमा

‘जाइरा’ का लागि एक्सन सिक्दै नम्रता श्रेष्ठ

माघ २३, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठको अभिनय रहेको चलचित्र दर्शकले हेर्न नपाएको केही समय भयो । अब भने दर्शकले नमैताको चलचित्र हेर्न पाउनेछन् । 

ट्रेन्डसिटर्स प्रा.लि.ले बनाउन लागेको नयाँ चलचित्र ‘जाइरा’मा अभिनेत्री नम्रता अनुबन्धित भएकी छन् ।

फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने जाइरा आशुतोष राज श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । 

श्रेष्ठको यो डेव्यु निर्देशनमा डेब्यु चलचित्र हो ।

एक्सन जनरामा निर्माण हुने जाइरामा नम्रताको अलवा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ । 

चलचित्र अभिनयका लागि अभिनेत्री श्रेष्ठले फाइटको प्रशिक्षण लिइरहेकी छन् । बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने जाइरामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । 

चलचित्रमा प्रशन्न गोपाली प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् । जाइराको सम्पूर्ण छायाँकन काठमाडौ हुने निर्माता गोपालीले बताए ।

उनले निर्माण गरेको चलचित्र रोमियो एण्ड मुना २ चैतबाट प्रदर्शनमा आउँदैछ ।

२०७४ माघ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत