ग्लोबल

स्वराज भारत नपुग्दै चिनीया विदेश मन्त्रिले भारतलाइ दिए चेतावनी

काठमाण्डौ(माघ २१) – चिनका विदेश मंत्री वांग यी राजनितिक सम्बन्धको बारेमा चीन स्टडीज जनरलमा लेखेकाछन्न , चीन आफ्ना
छिमेकी देशहरु सित राम्रो सम्बन्ध राख्न चाहान्छ विषेशत भारतको कुरा राख्दै भारत हाम्रो छिमेकी देश हो र यी दूवै राष्ट्रका गरिमामय पूराना
सभ्यता छ, तर चीन आफ्नो सार्वभैमीक अधिकार,हित र क्षेत्रिय अखन्डता कायम राख्न कठोर पनी छ ।

उनले भनेका छन् जसरी चीनले संयमका साथ डोकलाम गतिरोध को समाधान निकाल्यो तथा चीनको भूभागम छिरेका भारतिय सैनिकलाइ
चीनले आफ्नो राष्ट्रीय हितलाइ ध्यानम राख्दै दिल्ली सित कुटनीतिक सम्बन्धको माध्यमबाट डोकलाममा रहेका भारतिय सैनिकका सैन्य
उपकरण तथा सैनिक हटाउन सफल भयो त्यसरीनै क्षेत्रिय शान्ति र स्थिरताको लागी भारत र चीनका सम्बन्ध राम्रो हुनु पर्छ भन्नेमा जोड दिदै
फेरी पनि डोकलाम जस्तो गतिवीधि भएमा चीन सैनिक सामाधानको बाटो लिन पछी पर्ने छैन भन्दै भारतलाइ घुमाउरो पारामा चेतावनी पनि
दिएका छन् ।

२०७४ माघ २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत