देश

४० किलो चरेससहित २ पक्राउ

नेपालगन्ज-सुर्खेतबाट प्रहरीले ४० किलो अवैध लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । ६ नम्बर प्रहरी अनुसन्धान व्यूरो र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सीम्ता गाउँपालिका वडा ६ बाट चरेससहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा जाजरकोट बारेकोट गाउँपालिका १ का अम्मर बहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बस्ने जीवन बस्नेत रहेको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनका अनुसार भेरी नदीको किनारमा चरेसको कारोवार हुदै छ भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुलाई अवैध चरेशसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ । 
केही दिनअघि मात्र रोल्पाको थवाङ गाँउपालिका ३ घर्तिगाँउबाट ५० किलो अवैध लागुऔषध चरेशसहित प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्युरोले २ जनालाई  पक्राउ गरेको थियो ।

२०७४ माघ २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत