समाचार

भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण, २४ घण्टामा नारायणकाजीका दुई ट्वीट

काठमाडौं–भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा भएका राजनीतिक भेटघाटलाई लिएर माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्टि जनाएका छन् ।

उनले शुक्रवार र शनिवार दुई ट्वीट मार्फत आफ्नो धारणा राखेका हुन् । 
शनिवार विहानको ट्वीटमा उनले भनेका थिए, ‘अधिकांक नेपाली राजनीतिक नेताहरु कुटनीतिक आचारसंतिहा उल्लङ्घनमा ‘प्रतिबद्ध’ देखिएका छन् ।

ध्यान नपुगेर होइन । हिनग्रन्थी र निहित राजनैतिक स्वार्थ ? दुख र ग्लानिको अनुभूति हुन्छ । ठूला छिमेकीहरु उपनिवेश बन्दासमेत पूर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्भाभिमान आज गिराईदैछ ।’

शुक्रवारको ट्वीटमा श्रेष्ठले सुष्माको भ्रमण राजनीतिक र कुटनीतिको सामन्य प्रचलन भन्दा बाहिरबाट भएको उल्लेख गरेका थिए । उनले आफुहरुले नेपालको स्भाभिमान र राष्ट्रिय हितमा ध्यान दिनुपर्ने पनि ट्वीटमा उल्लेख गरेका थिए । 

श्रेष्ठ माओवादीका विदेश विभाग प्रमुख हुन् ।
विदेश मन्त्री स्वराजले प्रचण्डसँग वान टू वान कुरा गरेकी थिइन् । पार्टीको विदेश विभाग प्रमुखलाई सहभागि नबनाएकोमा श्रेष्ठको असन्तुष्टि रहेको पनि बताइएको छ ।


भ्रमणमा सुष्मानले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन् ।


औपचारिक घोषणा नभएपनि उनी एमाले अध्यक्ष केपी ओलीको आग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री स्वराजलाई विशेष दूतका रुपमा काठमाडौं पठाएका थिए । 

२०७४ माघ २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत