खेलकुद

नेपालको फराकिलो जित, सन्दीपले लिए ४ विकेट

 काठमाडौ‌, माघ १७- नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएई ‘ए’ विरुद्धको दोस्रो अभ्यास खेलमा फराकिलो जित हात पारेको छ।

डिभिजन दुईको तयारीका क्रममा नेपालले बुधबार दुबई स्थित आइसीसी ग्लोबल एकेडेमीको ओभल ए मैदानमा खेलेको खेलमा १९३ रनको जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको नेपालले दिएको ३ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा युएई १ सय ४० रनमा समेटियो।

यूएईका मोहम्मद कुसिमले सर्बाधिक ४१ रन जोडे। त्यसबाहेक चिराग सुीले १८ तथा अलि मिर्जा र अंश टण्डनले समान १७ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। १० ओभरको स्पेलमा उनले ३६ रन मात्रै खर्चिए। यस्तै कप्तान पारस खड्काले २ तथा सोमपाल कामी र शक्ति गौचनले समान १ विकेट लिए।

त्यसनेपालले ज्ञानेन्द्र मल्लको १ सय ५४ रनको इनिङमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाइ ३३४ रन बनाएको थियो।

ज्ञानेन्द्रसँगै नेपालका दीलिप नाथले ६४, आरिफ सेखले ४१ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडेका थिए। पहिलो अभ्यास खेलमा नेपालले यूएई ए लाई २१ रनले पराजित गरेको थियो।

२०७४ माघ १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत