ग्लोबल

राहुल गान्धीले १ लाखको ज्याकेट लगाउँदा भाजपाको टाउको दुखाइ

नयाँ दिल्ली :  भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ९ सय ९५ अमेरिकी डलर अर्थात् करिब एक लाख नेपाली रुपैयाँ बराबरको ज्याकेट लगाउँदा भारतीय जनता पार्टीको आलोचनाको शिकार भएका छन्। 

आगामी चुनावका लागि गान्धी अहिले मेघालयमा छन्। मंगलबार मेघालयमा महात्मा गान्धीको पुण्यतिथिमा आयोजित कार्यक्रममा राहुल यस्तो ज्याकेट लगाएर गएको फोटो र भिडियो सार्वजनिक भएपछि भारतीय जनता पार्टीले आलोचना सुरु गरेको थियो।

गएराति करिब १२ बजे भारतीय जनता पार्टी मेघालयको अफिसियल ट्वीटरबाट राहुलको आलोचना गरेको छ। ट्विटमा राहुलले यति महंगो ज्याकेट भ्रष्टाचारको रकमबाट खरिद गरेको आरोप लगाइएको छ। साथै राहुलले लगाएको ज्याकेटको विस्तृत विवरण पनि त्यसमा राखिएको छ।

यसअघि राहुलले सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको कोटको आलोचना गरेको थियो। पछि उक्त कोट भारतीय रुपैयाँ चार करोड ३१ लाखमा लिलामी भएको थियो।

२०७४ माघ १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत