प्रवास

एनआरएन अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना

वाशिङ्गटन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ती कार्यक्रम घोषणा गरेको छ ।

नेपाली अमेरिकन समुदायका युवाहरूलाई नेतृत्व विकासमा सहभागी गराउनुका साथै सोकालागि प्रोत्साहित गर्ने लक्ष्य र उद्देश्यका साथ छात्रवृत्ती स्थापना गरिएको हो । सो छात्रवृत्ती आगामी फ्रेबुअरी महिनाको १ तारिखदेखि विधिवत रूपमा सञ्चालनमा आउने जानकारी एनआरएन अमेरिकाले दिएको छ ।

‘युथ लिडरसीप स्कलरसीप अवार्ड २०१८’ नाम दिइएको सो छात्रवृत्ती स्नातक तहमा अध्ययनरत चार जना नेपाली विद्यार्थीलाई प्रदान गरिने एनआरएन अमेरिकाका युवा संयोजक तथा छात्रवृत्ती परियोजनाका प्रमुख स्वराज खातीले जानकारी दिए ।

,अमेरिकाका चार भौगोलिक क्षेत्रबाट समाजमा नेतृत्वदायी भूमिका खेलेका जेहेन्दार चार जना विद्यार्थीलाई प्रत्येक वर्ष यो छात्रवृत्ती प्रदान गरिनेछ,’ संयोजक खातीले भने ।

नयाँ पुस्तालाई नेपाली अमेरिकन समुदायका गतिविधिमा संलग्न गराउनका लागि यो छात्रवृत्तीले अहम् भूमिका खेल्न सक्ने विश्वास एनआरएन अमेरिकाको छ ।

२०७४ माघ १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत