खेलकुद

भारतमा विमलको पत्रकार सम्मेलन [भिडियो]

काठमाडौं, माघ १६-भारतीय आइ लिग क्लब मोहुन बगानमा आबद्ध नेपाली स्टाइकर विमल घर्ती मगरले सोमबार भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका छन्।

सोमबारै भद्रपुरबाट कोलकाता पुगेका बिमलले पत्रकार सम्मेलनमा आफूले सकेको प्रदर्शन गर्ने बताएका छन्।

विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ।

विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ।

पत्रकार सम्मेलनमा भारतीय पत्रकारले विमललाई दिल्ली डेरडेभिल्सबाट आइपिएल खेल्न लागेका क्रिकेटर सन्दिप लामिछानेका बारेमा पनि सोधेका थिए।

विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए। उनले डच क्लब ट्वेन्टेसँग २ साता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए। विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए। विमलले सोमबारदेखि नै टोलीसँग अभ्यास गरेका छन्।

हेर्नुहोस् तस्बिर र भिडियो

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत