देश

एइतीहासिक महत्वो र प्राकृतिक सौन्द्रयाताको संगम हो : सिन्धुलीगढी [भिडियो ]

सिन्धुली जिल्लाको सिन्धुलीगढी काठमाडौँ बाट करिब १५० किलोमिटर पूर्वमा रहेको सिन्धुलीगढी समुन्द्र सतहबाट ४६४८ फिट आर्थात १४०० मीटरको उचाईमा छ |

यो स्थान सदरमुकाम सिन्धुली माडी बाट बिपी राजमार्गको सिन्धुली माडी  खुर्कोट पुर्कोट खण्डको करिब २० केलोमिटरको दुरीमा ३००० हजार बर्ग मीटरमा फैलीएको छ |

उत्तरमा तामाकोशी र मुस्कुराइरहेको गौरीशंकर हिमाल दक्षिणमा हरियाली वनजंगलले ढाकेको चुरेपहाड संगै तराई समथल भूभाग तथा पूर्वमा सुनकोशीले काख्मा राखको जस्तो देखिन्छ |

पश्चिममा बगेको बागमती र माडी खोलाको दृश्यले मनलाई मनमोहक बनाउछ

सिन्धुलीगढी नेपाल अंग्रेज युद्धको जीवीत दस्तावेज हो | यो क्षेत्रमा निर्माण गरियका उप्ठारा खाल्डा शत्रुलाई आक्रमण गर्न बनाइएका आडहरु हेर्दा अचम्म लाग्दा देखिन्छन् | यो क्षेत्र घुम्दा त्यस्बेला नेपाली योद्धाले अपनाउने युद्ध रणनीतिको बारेमा सहजै अनुमान लगाउन सकिन्छ |

 

जानै पर्ने ठाउँ सिन्धुलीगढी: भिडियो 

 

१८२४ कार्तिक २४ गते ईस्ट इंडिया कंपनीका कप्तान Kinloch  को नेत्रित्वमा नेपाल कब्जा गर्न आयको अंग्रेज सेनाको फौजलाई तत्कालिन गोर्खालीन राजा पृथ्वीवीनारयण शाहको फौजका banshu gurung को नेतृत्वको नेपाली फौजले अंग्रेज सेनामाथि पराजित गरेको थियो | त्यहिँ दिनको सम्झनामा प्रतेक बर्ष कार्तिक २४ गतेका दिन विजय उत्सब मनाइन्छ |

 

बि स: १३६७ मा सिम्रोन गडका सेनाहरुले काठमाडौंमा लुटपाट गरेर बनेपामा हुदै अहिलेको जनकपुर र सितामड़ी फर्किएका थिए |

कमलामाई मन्दिरमा  बि स: १०३४ मा चढाईयको  मुकुट बाट सिन्धुली अन्तर्गतको कमलामाई नदी मा अबस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरु आजभन्दा झन्डै १०३० बर्ष आगाडी पुगेको बुज्न सकिन्छ |

सिन्धुलीमाड़ी हुदै दोलखा तथा तराई क्षेत्र तथा काठमाडौँ जाने बाटोको रुपमा सिन्धुलीगढी रहेको छ |

मुल्कोट, फुर्कोट जस्ता कोट लागेका स्थानहरुले पनी प्राचीनकालदेखिनै यो बाटो अस्थित्वमा रहेको प्रमाणित हुन्छ |

नागबेली आकारका घुमौरो घुम्तीमा यात्रागर्ने सबै यात्रुहरुले सिन्धुलीगढी को पृष्ठभूमिका बारेमा दैनीक कुरा गर्छन |

जस्का कारण अहिले सिन्धुलीगढी पर्यटकीय गन्तव्यका लागी पर्चुर सम्भावना बोकेको एक स्थान बनको छ |

१९७५ सालमा प्रधानमंत्री चन्द्र सम्सेरको पालामा सिन्धुलीगढीका करनेल कीर्तिमान खत्रीको नेतृत्वमा वडा हाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट र ईटाको गारो लगायको २ ताल्ले दरबार निर्माण गरिएको इतिहास छ पछी  गढीका करनेल पुस्कर बिक्रमले दरबारको निर्माण गरेका  थिए |

वीर गोर्खालीले अंग्रेजसंग घरेलु हतियारको बलमा लडेर बिजय प्राप्त गरको एइतीहासिक स्थल सिन्धुलीगढी दरबारको संरक्षणगर्न समीति गठन भए पनी त्यस्ले पर्भाब्कारी कार्यगर्न नसक्दा अहिले पनी दरबार भग्नावशेष परिणतिहुदै गएको छ |

देशकोलागि दिईएको योगदानको सही कदरगर्दै सरकारले यस्को उचित् संरक्षण तथा ब्यबस्थित् गर्न जरुरि देखिन्छ |

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत