रोजगार

लक्ष्मी ग्रुपको सुजल डेरीमा रोजगारीको अवसर

काठमाडौं, माघ १५-लक्ष्मी ग्रुपको संचालनमा रहेको सुजल डेरी प्रा.लि ले दुई दर्जन भन्दा बढीका लागि रोजागारीको अवसर दिने भएको छ ।

कम्पनीले विभिन्न पदमा २५ जनाको लागि आवेदन मागेको छ ।

कम्पनीले बजार प्रवन्धक १ , सहायक ब्रान्ड म्यानेजर २, ब्रान्ड अधिकृत ४, क्षेत्रिय सेल्स म्यानेजर १, एरिया सेल्स म्यानेजर ४, सेल्स सुपरभाइजर ८, इन्जिनियर १, क्यु ए र क्यु सि विभाग हेन १, भेट डक्टर ३ गरी कम्पनीले २५ जनाको लागि आवेदन मागेको हो । १० दिन भित्र आफ्नो वायोडाटा कम्पनीमा पेश गर्नको लागि आवेदन माग गरेको हो । २ वर्ष देखि सुजल डेरीले दूधजन्य उत्पादन गर्दै आएको छ ।

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत