बैँक / वित्त

कृषि विकास बैंकको खुद नाफामा १२ करोड रुपैयाँले वृद्धि

काठमाडौं, माघ १५-कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड रुपैंया खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२ करोड रुपैयाले वृद्धि गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९० करोड रुपैंया मात्र खुद नाफा कमाएको थियो । कर्मचारी खर्चमा आएको भारी गिरावटका कारण बैंकको खुद नाफा सहज रुपमा बढ्न सकेको हो ।

बैंकले पुस मसान्तसम्मको ६ महिनामा ९८ अर्ब निक्षेप संकलन गरेर ९२ करोड कर्जा लगानी गरेको छ । बैंकले ६ अर्ब १५ करोड रुपैंया ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । निक्षेपको तुलनामा कर्जा धेरै परिचालन भएकाले बैंकको कर्जा निक्षेप अनुपात ७९.५९ प्रतिशत पुगेको छ । अब बैंकले कर्जा प्रवाहभन्दा निक्षेप संकलनलाई तिब्र बनाउनु पर्ने देखिन्छ ।

१३ अर्ब ९३ करोड ७९ लाख रुपैंया पुँजी रहेको कृषि विकास बैंकमा सरकारको अग्राधिकार सेयर वापत ५ अर्ब ४३ करोड २७ लाख रुपैंया लगानी छ । यो हिस्सा बाहेक बैंकको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैंया छ । यो पूँजी बैंकको सोमबार समायोजन भएको २० प्रतिशत बोनस सहितको हो ।

जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ सञ्चित रहेको बैंकले ९६ करोड रुपैंयाँ राइट ब्याक गरेको छ । १ अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको बैंकको प्रति सेयर आम्दानी २० रुपैंया ३७ पैसा छ । अरु बैंकको प्रतिसेयर आम्दानी भन्दा कृषि विकासको फरक ढंगले मापन गर्नु पर्ने हुन्छ । सरकारले ६ प्रतिशतका दरले लैजाने नगद लाभांस घटाएर कायम हुने नाफाबाट मात्र प्रतिसेयर आम्दानी गणना गर्नु पर्ने हुन्छ । बैंकको प्रति सेयर नेटवर्थ २ सय २ रुपैंया ९७ पैसा छ ।

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत