एनआईसी एशिया बैंकको सञ्चालन मुनाफामा २५ प्रतिशतले वृद्धि
बैँक / वित्त

एनआईसी एशिया बैंकको सञ्चालन मुनाफामा २५ प्रतिशतले वृद्धि

काठमाडौँ,  माघ १५-एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४-७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानीअघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ ।

साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ ।

गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बंैकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ ।

चालु आ.व. मा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बैंकको रु १४० अर्ब बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तर ९५ मा निरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

वार्षिक विन्दुका आधारमा बैंकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०.४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङको ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गत वर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंकको पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनुपक्षेपित समस्या तथा परिस्थितिहरु सामना गर्न समेत बैंक सबल रहेको मान्न सकिन्छ तथा बैंक थप व्यवसाय वृद्धि गर्न सक्ने क्षमतालाई दर्शाउँछ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सिमा भित्र रहेको छ ।

बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखा तथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत रहेको छ ।

२०७४ माघ १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत