खेलकुद

स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा मेस्सी र स्वारेजले गरे गोल

एफए कपमा म्यानचेस्टर सिटी र चेल्सी विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले एक–एक गोल गरे । मेस्सीले फ्री किकमार्फत् गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडबीचको अंक दूरी ११ पुगेको छ । बार्सिलोनाको ५७ र एथलेटिको मड्रिडको ४६ अंक छ ।

यसैबीच, एफए कप फुटबलअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् । म्यान्चेस्टर सिटीले कार्डीफ सिटीलाई २–० ले तथा चेल्सीले न्यूकासल युनाईटेडलाई ३–० ले हराएका हुन् ।

२०७४ माघ १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत