ग्लोबल

अफागानिस्तानको राजधानी काबुलमा एम्बुलेन्स बम विस्फोट, ९५ जनाको मृत्यु

माघ १४-अफगानिस्तानको राजधानी काबुलमा भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ भने १ सय ५८ जना घाइते भएका छन् । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थानलाई शनिबार लक्षीत गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराउँदा कम्तीमा ९५ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।

घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।  अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरिरहेका छन् ।

घटनामा मृत्यु भएका बारेमा अफगानि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । एम्बुलेन्स विस्फोटनमा परि मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ भने १ सय ५८ जना घाइते भएका छन् , स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ ।

२०७४ माघ १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत