ग्लोबल

दक्षिण कोरियाको अस्पतालमा भिषण आगलागी, ३१ जना मारिए

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३१ जना मारिएका छन्।

स्थानीय मिडियाका अनुसार उक्त घटना दक्षिण–पूर्वी क्षेत्र मिरर्याङमा रहेको सेजोङ अस्पतालमा भएको हो। मिरर्याङ राजधानी सोलबाट करिब २ सय ७० किमी टाढा पर्छ।

आगलागी अस्पतालको आकस्मिक कक्षबाट सुरु भएको ठानिएको छ।

उक्त अस्पतालको भवनमा एकसय भन्दा बढी विरामी रहेको र नजिकको नर्सिङ होमबाट करिब ९३ बिरामी उपचारका लागि त्यहाँ ल्याइएको बताइएको छ।

उक्त आगलागीमा ४० जना घाइते भएको र ११ जनाको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ।

२०७४ माघ ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत