मनोरञ्जन

को हुन् ति- मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी

काठमाडौँ / यी मोडल/गीतकार बस्छन् नवलपरासी, धाउँछन् राजधानी । यसरी नै उनले डेढ दर्जन गीतमा मोडलिङ गरे, केही गीत रेकर्ड गराए । लोकदोहोरी गायक खुमन अधिकारी र गायिका देवी घर्तीको स्वर रहेको ‘तिम्रो याद घटाउँm कसरी...’ बाट सुरु गरेका थिए, विपेश घिमिरेले मोडलिङ यात्रा । यसपछि ‘खुसीको के अर्थ...’, ‘नलाऊ झूटो पिरती...’ लगायतका गीतमा देखिए ।

 

छिल्लो समय प्रमोद खरेलको ‘तिम्रो लागि...’ गीतमा देखिएका उनी हालैको दिन राजधानीमा भेट हुँदा पनि दौडधुपमै थिए । दौडधुप किनभने विष्णु माझी र सागर विरहीको स्वर रहेको ‘अछूत...’ लोकदोहोरी गीत र अमित सापकोटाको स्वर रहेको ‘तिनै दिन रमाइला, तिनै दिन जाती...’ गीतको म्युजिक भिडियो सकेर उनलाई नवलरासीको गैंडाकोट फर्किनु थियो ।

 

‘सबै कुरा प्यासन रहेछ,’ विपेशले भने, ‘खोला हैन, तिर्खा नै त धाउनुपर्छ नि ।’

पछिल्लो समय युटयुबको सहजताले गर्दा म्युजिक भिडियोहरू धमाधम बनिरहेका छन् र यसले मोडलिङको सम्भावनालाई बलियो बनाइदिएको छ ।

 

 यही सम्भावनाले जन्माएका मोडल हुन् विपेश, जो मोफसलबाट केन्द्र धाउँछन्, पकेटखर्च जुटाउँछन् र कलेज पढ्न फर्किन्छन् । ‘बुवाले सानैदेखि गीत गाउन/सुनाउन दोहोरी साँझहरूमा लैजानुहुन्थ्यो,’ उनी बुवा देवनारायणप्रति कृतज्ञ भए, ‘पछि यही क्षेत्रमा दिल बस्यो ।’

 

 उनी नवलपरासीमै बीबीए पाँचौं सेमेस्टर पढदै छन् । मोडलिङका लागि समय भने कलेज बिदा पारेर मिलाउँछन् ।आधा दर्जनभन्दा बढी भिडियोमा काम गरिसके पनि कमाइ भने खासै नभएको उनले सुनाए । ‘आवतजावतमै खर्च हुन्छ,’ उनले भने, ‘पकेट मनीचाहिँ पुग्छ ।’

 

उनका केही गीत पनि बाहिर आइसकेका छन् । उनैले लेखेको ‘खुसीको के अर्थ...’, ‘सिन्दुरपोते...’, ‘पागल हुन्छु...’ गीतमा गायक खेम सेञ्चुरी, सूर्य खडका, पुष्कल शर्मा, गायिका विष्णु माझी, देवी घर्ती लगायतको स्वर रहेको छ । लोकदोहोरी गीतहरूका शब्ददेखि भिडियोमा पनि लोक संस्कृति झल्किनुपर्ने उनको विचार छ

 

‘मौलिकतामै आनन्द मिल्छजस्तो लाग्छ,’ उनले भने, ‘त्यही भएर हामीले लोक संस्कृतिलाई छोड्नु हुन्न ।’ मोडलिङमा भने लोकदोहोरी मात्रै नभएर आधुनिक, पप गीतहरूमा फैलिन चाहन्छन् उनी र त्यहीअनुसार काम पनि गरिरहेका छन् ।

‘स्नातक सकेपछि फुलटाइम यतै लाग्छु,’ उनले भने, ‘त्यसपछि काठमाडौं र नवलपरासी ओहोरदोहोर गरिरहनु पर्दैन होला कि ?’श्रोत कान्तिपुर 

२०७४ माघ ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत