ओपोको ए-८३ फोन सार्वजनिक
सूचना प्रबिधि

ओपोको ए-८३ फोन सार्वजनिक

१० माघ-ओपोले इन्ट्री लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए-८३ सार्वजनिक गरेको छ । ए-८३मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध रहेको कम्पनीले जानाकारी दिए छ।

युवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदानगर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि पनि उपलब्ध गरिएको छ। ३ जीबी ¥याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमतासहितको यो फोनको मूल्य २४ हजार ९ सय ९० रुपैंया निर्धारण गरिएको छ।

नेपालभर रहेका बिक्री केन्द्रमार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

ग्रहाक वर्गले विगतमा जस्तै यो फोनलाई पनि माया गरिदिने विश्वास कम्पनीले लिएको छ।

२०७४ माघ १० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत