चिनियाँ एयरलाइन्समा जहाजभित्रै वाइफाइ
सूचना प्रबिधि

चिनियाँ एयरलाइन्समा जहाजभित्रै वाइफाइ

चीनका दुई हवाइ कम्पनी चाइना इस्टर्न एयरलाइन्स र हाइनान एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विमानभित्रै मोबाइल तथा ट्याब चलाउन दिन थालेका छन्। यी एयरलाइन्सले विमानमा वाइफाइ उपलब्ध गराएका छन्

यद्यपि फोन भने एयरप्लेन मोडमा राख्नुपर्ने हुन्छ।

हालसम्म इस्टर्न एयरलाइन्सका ७४ विमानमा वाइफाइ उलपब्ध छन्। अन्तर्राष्ट्रियदेखि १६६ घरेलु हवाइमार्गमा यो सेवा उपलब्ध भएको सो कम्पनीले जनाएको छ। त्यस्तै हाइनान एयरलाइन्सका १७ विमानमा वाइफाइ उपलब्ध रहेको छ।

अन्य चिनियाँ हवाइ कम्पनीहरु पनि विमानमा फोन चलाउन दिनेबारे विचार गरिरहेका छन्।

यसका लागि नागरिक उड्डयन प्रशासनबाट उनीहरुले यसैसाता अनुमति लिएका हुन्

२०७४ माघ ९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत