एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
प्रवास

एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते

तेलअभिव इजरायल | एनआरएनए इजरायलका पूर्व अध्यक्ष, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा आइसिसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । आइतवार विहान तेलअभिव नजिकै रहेको रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट आएको निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका हुन् ।

दुर्घटना पश्चात वेहोस हुन पुगेका ओलीलाई एम्वुलेन्समा तेलासुमेर अस्पताल पुर्याइएको थियो । दुर्घटना भएको करिव आधा घण्टा पश्चात होसमा आउनुभएका ओलीको दुवै खुट्टा फ्र्याक्चर भएका छन् भने छातीमा गम्भिर चोट लागेको छ । हाल ओलीको अवस्था चिन्तामुक्त रहेको ओलीको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन् ।

ओलीको मोटरसाइकललाई ठक्कर दिने निजि कार चालक इजरायली प्रतिरक्षा सेना (आइडिएफ)का जनरल रहेको इजरायली संचार माध्ययहरुले जनाएका छन् ।

तेलासुमेर अस्पतालमा उपचाररत ओलीलाई भेट्न तेलअभिव लगायत त्यस क्षेत्र वरपर रहेका ओलीका शुभचिन्तकहरुको लामो भिड लागेको छ ।

उपचाररत ओलीले संचारकर्मी संगको छोटो कुराकानीमा प्रतिक्रिया दिदै  तमाम इजरायलवासी आफन्त, शुभचिन्तकहरुको माया, साथ र आशिर्वादले आफू बाँच्न सफल भएको बताउनुभएको छ

२०७४ माघ १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत